रास्वपा महामन्त्री आचार्य : देश निर्माणमा सबैको सहकार्य आवश्यक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश विकास कुनै एक व्यक्ति वा समूहको प्रयासले मात्र सम्भव नहुने बताएका छन्।

भैरहवामा आयोजित पार्टी कार्यक्रममा बोल्दै आचार्यले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा जनताको साथ आवश्यक रहेको बताए। उनले स्थानीय तहदेखि नै पार्टीको संगठन र गतिविधि प्रभावकारी बनाउन नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरे।

पुराना राजनीतिक दललाई आलोचना गर्नुभन्दा काममार्फत जवाफ दिनुपर्ने उनको भनाइ थियो। अन्य दलबाट रास्वपामा आउनेलाई समेत सकारात्मक रूपमा समेट्दै सुधारको अवसर दिनुपर्ने आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *