एमालेले मात्रै देशका समस्या समाधान गर्न सक्छ : शंकर पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका कमजोरी सुधार्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।

तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ कार्यक्रममा उनले निर्वाचनमा अपेक्षित परिणाम नआए पनि जनताको भावना बुझेर अघि बढे एमालेले वर्तमान चुनौती सामना गर्न सक्ने दाबी गरे।

कार्यकर्ता पलायनप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप सुदृढ बनाउनुपर्ने बताए। उनले प्रमुख दलहरूले आफ्ना कमजोरी सच्याएर अघि बढ्नु नै देशको राजनीतिक भविष्यका लागि उचित बाटो भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *