|
२०८२ मंसिर २६
काठमाण्डौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड पाउने भएका छन् ।
परियारले शुक्रबार फेसबुकमा स्ट्याटस लेखेर उक्त अवार्डका लागि आफू छानिएको जानकारी दिएका हुन् ।
अवार्ड ग्रहणका लागि आफू शुक्रबार नै भारत जान लागेको परियारले जानकारी दिएका छन् । कार्यक्रम शनिबार र आइतबार दिल्लीमा हुनेछ ।
उक्त पुरस्कार भारतको संविधान निर्माता तथा दलित आन्दोलनका नेता बाबसाहेब डा.भीमराव अम्बेडकरको नाउँमा स्थापित डा. अम्बेडकर फाउन्डेसनले प्रदान गर्छ ।
फाउन्डेसनले सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा काम गर्नेहरूलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्