उपेन्द्र यादव : राजनीतिक अन्योल रोक्न अग्रगामी मोर्चा आवश्यक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश राजनीतिक अन्योल र अनिश्चिततातर्फ धकेलिँदै गएको बताएका छन्।

शनिबार काठमाडौंमा ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रममा बोल्दै यादवले राज्यका संवैधानिक निकाय र मन्त्रालयहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको दाबी गरे। उनले शक्ति केन्द्रीकरण र निर्णय प्रक्रियामा एकाधिकारको प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाउँदै गएको बताए।

यादवले संघीयता, समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धिको संरक्षण गर्दै संविधान संशोधनमार्फत विभेद र असमानता हटाउनुपर्ने धारणा राखे।

सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र आर्थिक संकट समाधान गर्दै सामाजिक न्याय सुनिश्चित गर्न मोर्चा गठन गरिएको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *