चार महिनामै विपद्का घटनामा २०५ जनाले गुमाए ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखदेखि साउन २३ गतेसम्म देशभर ४ हजार ४०८ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २०५ जनाको मृत्यु, ५ जना बेपत्ता र १ हजार ३२४ जना घाइते भएका छन्।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशबाट भएको छ। सर्पदंशका ८०१ घटनामा ५९ जनाको मृत्यु भएको छ। यस्तै, चट्याङबाट २५, लेक लागेर २३, आगलागी र पहिरोबाट २०–२० जनाले ज्यान गुमाएका छन्।

विपद्का कारण हालसम्म ५ हजार ४५७ परिवार प्रभावित भएका छन्। हावाहुरी र आगलागीका घटनाबाट मात्रै ठूलो संख्यामा परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *