बालेनको अभिव्यक्तिप्रति महेश बस्नेतको असहमति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बस्नेतले सार्वजनिक पदमा रहेका व्यक्तिका अभिव्यक्ति जिम्मेवार र मर्यादित हुनुपर्ने उल्लेख गर्दै हालको शैलीले पदको गरिमा र नेतृत्वको परिपक्वतामाथि प्रश्न उठाएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संस्थागत जिम्मेवारी वहन गर्ने व्यक्तिबाट संयमित व्यवहार अपेक्षित हुने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *