गगनलाई महेश बस्नेतको प्रश्न, संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २८

काठमाण्डौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कांग्रेस महामन्त्री गगन थापालाई संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्ट्याटस लेख्दै बस्नेतले संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ? भनेर अर्को प्रश्न गरेका हुन् ।

उनले भदौ २३ र २४ गतेपछि गुलाम बनेर, मानवीयता समेत भुलेका एउटा ‘लास’ जसलाई आफूहरूले ‘आस र सास’ भरिदिए पछि आज केही मास जम्मा गरेर लास होइन भने आस र सास कसले भर्दियो ? भनेर प्रश्न गरेका छन् ।

‘भाद्र २३ र २४ गतेपछि गुलाम बनेर, मानवीयतासमेत भुलेका एउटा ‘लास’ जसलाई हामीले आस र सास भरिदिए पछि आज केही मास जम्मा गरेर भन्न थालेछन् । हामी लास र दास होइनौँ । इतिहासले अवश्य सोध्नेछ, लास होइन भने आस र सास कसले भर्दियो ? ’, बस्नेतको प्रश्न छ ।

उनले थप भनेका छन्, ‘संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ? ’ थापाले आइतबार कांग्रेस दास र लासको पार्टी नभएको र बाले नबोल भन्दा नबोल्ने कार्यकर्ता नभएको बताएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *