स्करपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३०

सर्लाही ।  सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरमा स्करपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शुक्रबार साँझ बिहेमा जन्ती आएका व्यक्तिहरूलाई बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको स्करपियोले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि स्करपियो चालक नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *