धनुषामा चैते धान खेती विस्तार, उत्पादनमा उत्साहजनक वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २९

धनुषा, असार २९ — धनुषाका किसानहरू पछिल्लो समय चैते धान खेतीतर्फ उल्लेखनीय रूपमा आकर्षित हुन थालेका छन्। राम्रो उत्पादन, वर्षमा तीन बाली लिन सकिने सुविधा तथा सरकारी अनुदान र प्राविधिक सहयोगका कारण खेतीको क्षेत्र विस्तार भएको हो।

विश्व बैंकको सहयोगमा सञ्चालित कृषि कार्यक्रममार्फत किसानले उन्नत बीउ, सिँचाइ सामग्री र आवश्यक तालिम पाएपछि वटेश्वर र जनकनन्दनी गाउँपालिकालगायत क्षेत्रमा चैते धानको उत्पादन बढेको छ।

कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा जिल्लाको ८५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ, जहाँबाट ३ हजार ३३२ मेट्रिक टन उत्पादन भएको छ। केन्द्रले आगामी वर्ष पनि खेती विस्तार र उत्पादन वृद्धि गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *