साउन १५ मा घरघरमा खिरको मिठास, परम्परा र स्वास्थ्यको सन्देश

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । नेपाली समाजमा आज साउन १५ खिर खाएर मनाइँदै छ। असार १५ मा दही–चिउरा र साउन १५ मा खिर खाने परम्परा नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा मानिन्छ।

वर्षायाममा तातो खिर स्वास्थ्यका लागि लाभदायक हुने विश्वास छ। दूध, चामल, चिनी र मसला मिसाएर बनाइने खिरलाई संस्कृतमा ‘पायस’ भनिन्छ, जसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि विशेष महत्त्व दिइन्छ।

साउन महिनामा गाईभैँसीले बढी दूध दिने भएकाले आफन्त र छोरीचेलीलाई घरमा बोलाएर खिर खुवाउने चलन रहिआएको छ। भगवान् शिवलाई दूधबाट बनेका परिकार प्रिय हुने धार्मिक विश्वासका कारण पनि यस दिन खिर चढाएर खाने प्रचलन रहेको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खिर दिवस’का रूपमा मनाउँदै आएको छ। पोषणयुक्त परिकारका रूपमा परिचित खिरले नेपाली संस्कृति र पारिवारिक आत्मीयतालाई झन् बलियो बनाउने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *