|
२०८३ श्रावण १३
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। सामान्य विवादले हिंसात्मक रूप लिँदा मानवीय क्षति भएको भन्दै उनले यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह र उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै अहिलेको आवश्यकता शान्ति, संयमता र आपसी विश्वास कायम गर्नु रहेको बताएका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्