तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १०

काठमाडौँ : मनसुन सक्रिय रहेकाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। देशका अन्य पहाडी भूभागमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

भारी वर्षासँगै बाढी, पहिरो, गेग्रान र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिकूल मौसमका कारण सडक, हवाई यातायात, कृषि, पर्यटन तथा दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *