|
२०८३ श्रावण १०
काठमाडौँ : देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश स्थानमा बदली रहने मौसमविद्ले बताएका छन्। पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना पालना गर्न अनुरोध गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्