|
२०८३ श्रावण ७
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन भएको दाबी गर्दै पार्टीभित्र तत्काल एकता आवश्यक रहेको बताएका छन्।
बीपी स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि आफूहरूले पटक–पटक प्रयास गरेको उल्लेख गरे। उनले साउनभित्र एकता कायम हुन नसके नयाँ कार्यदिशा अपनाउन बाध्य हुने चेतावनी पनि दिए।
निधिले गगनकुमार थापालाई सभापति र वर्तमान केन्द्रीय समितिलाई स्वीकार गरिसकेको उल्लेख गर्दै अब सबै पक्ष मिलेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्