मन्त्रालय पुनर्गठनपछि कर्मचारी समायोजन अन्तिम चरणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ५

काठमाडौं : सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेपछि कर्मचारी दरबन्दी मिलान र संगठन संरचना पुनःव्यवस्थित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नवगठित तथा गाभिएका मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण जारी छ। सर्वेक्षणपछि केही दरबन्दी कटौती हुन सक्ने तथा केही कर्मचारी फाजिलमा पर्न सक्ने अवस्था देखिएको छ।

यही कारण फाजिल कर्मचारीको व्यवस्थापन नभएसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाउने निर्णय सचिव बैठकले गरेको छ। सरकारले आवश्यक समायोजन सम्पन्न भएपछि मात्र रिक्त पदमा नियमित रूपमा पदपूर्ति प्रक्रिया अघि बढाइने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *