काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। टोलीमा अर्थ, गृह तथा भूमि व्यवस्था मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक र दुई रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ। साथै, कोरियाली सरकारबाट कानुन सूचना पाइलट प्रणालीका लागि प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, संरक्षित क्षेत्रभित्र रुख हटाउने प्रक्रियालाई सहजीकरण गर्ने, नीति अनुसन्धान प्रतिष्ठानसम्बन्धी संशोधन आदेश पारित गर्ने तथा सेवा करारका कर्मचारी व्यवस्थापनसम्बन्धी व्यवस्था अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Phoebe4559
July 16, 2026https://shorturl.fm/Dsdt0