|
२०८३ श्रावण २
काठमाडौं: नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्ने भएको छ।
६ साउनमा ‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित ललितपुरको यूएन पार्कदेखि जावलाखेलसम्म ५ किलोमिटर दौड सञ्चालन गरिनेछ। त्यसपछि जावलाखेलमा जलवायु परिवर्तनका चुनौती र समाधानबारे छलफल कार्यक्रम हुनेछ। साथै, कार्यक्रममा जलवायुका विषयलाई समेटेर कलाकारहरूले प्रत्यक्ष चित्रकला प्रदर्शन पनि गर्नेछन्।
कांग्रेसले यी कार्यक्रममार्फत वातावरण संरक्षणप्रति नागरिकको सहभागिता बढाउने अपेक्षा गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्