|
२०८३ असार ३२
काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानी प्रक्रिया अनलाइनमार्फत उपलब्ध गराउने भएको छ।
आगामी साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपको क्युआर प्रणाली प्रयोग गरी फारम भर्न सक्नेछन्। साथै, लाइसेन्ससम्बन्धी शुल्क पनि डिजिटल माध्यमबाटै तिर्न सकिने व्यवस्था गरिएको छ।
विभागले सेवा प्रवाहमा देखिएका समस्या र गुनासो सम्बोधनका लागि सातै प्रदेशका कार्यालयमार्फत सम्पर्क सुविधा उपलब्ध गराउने जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्