|
२०८३ असार २९
काठमाडौं, — देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। रातिको समयमा पनि वर्षाको क्रम जारी रहने र केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
विभागले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै वर्षाका कारण सडक, हवाई सेवा, कृषि र दैनिक जनजीवन प्रभावित हुन सक्ने चेतावनी पनि दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्