सामाजिक सञ्जाल ह्याक गरी आफन्तको नाममा पैसा माग्ने क्रम बढ्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ४

काठमाण्डौैँ । सामाजिक सञ्जालका आईडी ह्याक गरी आफन्तको नाममा दुःख परेको बहाना बनाएर रकम माग्ने घटना बढेको छ । यस्तो घट्ना बढेपछि प्रहरीले सतर्क रहन आग्रह गरेको हो ।

पछिल्लो समय आफन्तको नाम प्रयोग गरी रकम माग्ने क्रम बढेकोले सबैलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो । फेसबुक, ह्वाट्सएप लगायतका अकाउन्ट ह्याक गरी आर्थिक सहयोग माग्ने, चिठ्ठा परेको भन्दै राजस्व तिर्न लगाउने, सस्तो सामान देखाएर अग्रिम भुक्तानी माग्ने जस्ता ठगी तीव्र भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक सहयोगका सन्देश आएमा पहिले सम्बन्धित व्यक्तिलाई फोन वा प्रत्यक्ष भेटेर यकिन गर्नुपर्छ ।

अपरिचित नम्बरबाट आउने भिडियो कल र लिङ्क नखोल्न, ओटीपी कोड नदिन, स्क्रिन–शेयर नगर्न, व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा नराख्न र पासवर्ड कसैलाई नदिन प्रहरीको सुझाव छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *