|
२०८३ असार २५
काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कमजोर हुने होइन, निरन्तर अघि बढ्ने उद्देश्यसहित स्थापित भएको पार्टी भएको बताएका छन्।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले एमाले देश निर्माणको जिम्मेवारी बोकेको राजनीतिक शक्ति भएको उल्लेख गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले एमालेलाई गतिशील र निरन्तर अगाडि बढ्ने शक्तिका रूपमा चित्रित गर्दै चुनौतीका बीच पनि पार्टीले आफ्नो यात्रा जारी राख्ने बताए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्