|
२०८३ असार २५
काठमाडौँ : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा, कनेक्टिभिटी र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो। सभामुख अर्यालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने धारणा राखे।
भारतीय राजदूत श्रीवास्तवले संसदीय अनुभव आदान–प्रदान तथा द्विपक्षीय सहकार्य विस्तारका लागि भारत सकारात्मक रहेको बताए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्