बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका फरार उपसभापति शाही पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । नेपाली कांग्रेसका जिल्ला उपसभापति पक्राउ परेका छन् । काँग्रेस डोल्पाका उपसभापति पूर्ण बहादुर शाही पक्राउ परेका हुन् ।

शाहीलाई त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उच्च अदालत पाटनले २०७९ कात्तिक ७ गते शाहीलाई बैंकिङ कसुरमा १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, अदालतको फैसलापछि उनी फरार थिए ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका शाहीलाई अन्ततः पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध जिल्ला अदालत डोल्पामा पनि १० लाखको बैंकिङ कसुर मुद्दा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *