फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २१

रौतहट ।  रौतहट प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते गौर कारागारबाट भागेका कैदी हुन्।

उनीहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दाका थिए।

त्यसैगरी, चेक बाउन्स, कुटपिट, आगजनी र लुटपाट लगायतका मुद्दामा फरार रहेका अन्य नौ प्रतिवादी पनि पक्राउ परेका छन्। सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *