|
२०८२ फाल्गुन ५
अर्घाखाँची, ५ फागुन — मालारानी गाउँपालिकामा–३ टुनीपोखरी क्षेत्रमा पासोमा फसेर गम्भीर घाइते बनेको चितुवा उपचारका क्रममा ज्यान गुमाएको छ।
स्थानीयले वन्यजन्तु समात्न थापेको पासोमा परेर चितुवा घाइते भएको थियो। उद्धारपछि उपचारका लागि अर्घाखाँची जिल्ला वन कार्यालयमा ल्याइएको भए पनि सोमबार दिउँसो उपचारकै क्रममा मरेको सूचना अधिकारी केशव खड्काले बताएका छन्।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन्। उनको उपचार जारी रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्