|
२०८३ बैशाख ७
गुल्मी जिल्लामा चरा प्रजातिको सङ्ख्या बढेर ३५५ पुगेको छ। हालै गरिएको सर्वेक्षणमा ३० नयाँ प्रजाति थपिएपछि यो संख्या वृद्धि भएको हो।
नेपाल पन्छी संरक्षण सङ्घले रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन क्षेत्रमा गरेको अध्ययनका क्रममा नयाँ प्रजातिका चराहरू फेला परेका हुन्। यी क्षेत्रमा अहिले दुर्लभ तथा विशेष प्रजातिका चराहरूको बसोबास बढ्दै गएको छ।
अध्ययन अनुसार, नेपालमा पाइने कुल चरा प्रजातिको करिब ४० प्रतिशत हिस्सा गुल्मीमै अभिलेख गरिएको छ, जसले जिल्लालाई चरा संरक्षणका दृष्टिले महत्वपूर्ण क्षेत्रको रूपमा चिनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्