पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ मा बहस

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १२

काठमाडौँ । विष्णुप्रसाद पौडेल सम्बन्धी बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतले असार १६ गते सुनुवाइ गर्ने भएको छ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते रिट दायर गरेकी थिइन्। अदालतले महान्यायाधिवक्ताको कार्यालयसँग असार १५ गतेभित्र लिखित जवाफ माग गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई विशेष अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *