ओली र लेखकसम्बन्धी रिटमा सर्वोच्चमा पुनः बहस हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २३

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुन लागेको छ।

यसअघि समय अभावका कारण आइतबार सुनुवाइ अधुरै रहेपछि मुद्दा आजका लागि सारिएको हो। ओलीकी पत्नी राधिका शाक्य तथा लेखककी पत्नी यशोदा लेखकले चैत १५ गते गैरकानुनी थुनामा राखिएको दाबी गर्दै रिट दायर गरेका थिए।

अदालतले यसअघि नै दुवै पक्षसँग कारण देखाउन आदेश जारी गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *