दीर्घ समस्या तत्काल समाधान गर्न नसकिने हो : प्रधानमन्त्री बालेन शाह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौँका सुकुम्वासी बस्तीमा रहेका नागरिकहरूको सुरक्षालाई सरकारको प्राथमिकता बनाइएको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले जोखिममा रहेका बासिन्दाको व्यवस्थापन भइरहेको स्पष्ट पारे। उनले आफू स्थानीय सरकारमा हुँदा नै संघीय सरकारलाई सुकुम्वासीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न र अस्थायी होल्डिङ सेन्टरमा राख्न सुझाव दिएको पनि स्मरण गरे।

प्रधानमन्त्री शाहले अहिले सोही दिशामा काम अघि बढिरहेको उल्लेख गर्दै भने, “३५ वर्षदेखि समाधान नभएको विषयलाई ३५ मिनेटमै समाधान खोज्नु उचित हुँदैन।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *