|
२०८३ जेष्ठ १७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका वास्तविक भूमिहीन सुकुमबासीलाई सरकारले जग्गा व्यवस्थापन गर्ने स्पष्ट गरेका छन् ।
प्रतिनिधिसभामा सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले हाल होल्डिङ सेन्टरमा रहेका तथा काठमाडौँ उपत्यकाका जोखिमयुक्त स्थान (विशेषगरी खोला किनार) मा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताए ।
उनका अनुसार बाढी, डुबान, स्वास्थ्य र सरसफाइका जोखिम कम गर्न स्थानान्तरण गरिएको हो । उनले आफू स्थानीय सरकारमा हुँदा पनि यही समस्या समाधानका लागि पहल गरिएको स्मरण गरे ।
प्रधानमन्त्री शाहले “जमिनविहीन सुकुमबासीले जग्गा पाउनुपर्छ” भन्ने सरकारको नीति रहेको उल्लेख गर्दै अब सोही अनुसार व्यवस्थित रूपमा जग्गा व्यवस्थापन अघि बढाइने जानकारी दिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्