|
२०८२ आश्विन ३१
काठमाडौं । तिहार नजिकिँदै गर्दा नेपालमा पुष्प व्यवसाय फस्टाएको छ। नेपालभर झण्डै २७० हेक्टर क्षेत्रमा फूलखेती हुँदै आएको छ भने यस व्यवसायमा हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। यसबाट ५३ हजार ५०० जनाले रोजगारी पाएका छन्।
तिहारमा विशेषगरी सयपत्री र मखमलीको माग बढ्ने हुँदा फूलको उत्पादन र व्यापार तीव्र भएको छ। काठमाडौँ उपत्यकाभित्र मात्र तिहारमा ४० लाखभन्दा बढी माला बिक्री हुने अनुमान गरिएको छ।
पछिल्लो समय जापान, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूमा नेपाली फूल निर्यात हुँदै आएको छ। काठमाडौँ महानगरपालिकाले यस वर्ष स्वदेशी फूल प्रवर्द्धन गर्दै विदेशबाट आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्