खोटाङ । ऐसेलुखर्क गाउँपालिका, एक्सन फर नेपाल र खानेपानी उपभोक्ता समितिबीच आर्थिक वर्ष २०८२/०८३ मा दुई महत्वपूर्ण खानेपानी योजना सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ। लागत साझेदारीको आधारमा सम्पन्न हुने यी योजनाले स्थानीय नागरिकलाई सुरक्षित र दिगो खानेपानी पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सम्झौता भएको हो ।
सम्झौता अनुसार ऐसेलुखर्क–२, बाकाचोलस्थित लुबेरा बादेल खानेपानी योजना कुल १,३६,८४,७८५.८५ लागतमा निर्माण हुनेछ । यसमा एक्सन फर नेपालले ७२,५६,२८९. ऐसेलुखर्क गाउँपालिकाले ५०,६०,०१८.१६ तथा उपभोक्ता समितिले १३,६८,४७८.५९ लागत व्यहोर्ने सहमति गरिएको छ।
यसैगरी, ऐसेलुखर्क–७, माक्पास्थित रोलुखोला नोरुङ खानेपानी योजना कुल ४२,७२,९५८.४२ लागतमा सञ्चालन हुनेछ। यस योजनामा एक्सन फर नेपालले २०,९८,८५६.७९, गाउँपालिकाले १६,३९,९८१.८३ र उपभोक्ता समितिले ५,३४,११९.८० योगदान गर्नेछन् ।
गाउँपालिकाका अनुसार, दुवै योजना समयमै सम्पन्न भएमा स्थानीयवासीलाई दीर्घकालीन रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्नेछ ।




दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्