धवलागिरिमा १२९ योजना कार्यान्वयनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

म्याग्दी: धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२९ वटा योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। यसका लागि कुल रु १५ करोड ९४ लाख १६ हजार बजेट छुट्याइएको छ।

ठूला योजना ठेक्का मार्फत र साना योजना उपभोक्ता समितिले कार्यान्वयन गर्ने नीति लिइएको छ। यस वर्ष प्रमुख प्राथमिकतामा प्रशासकीय भवन, वडा कार्यालय र अस्पताल भवन निर्माण, सडक सञ्जाल विस्तार, जलजला पर्यटन महोत्सव, स्थानीय मदिरा ब्राण्डिङ र युवालाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने कार्यक्रम राखिएको छ।

योजना सम्झौता मंसिरभित्र सम्पन्न गरी चैतसम्म अन्तिम भुक्तानी गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *