हुम्लामा पहिलो हिउँ, जनजीवन प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

हुम्ला: लामो समयदेखि वर्षा नभएको हुम्लामा माघ महिनामा पहिलो पटक हिमपात भएको छ। गत भदौदेखि सुख्खा अवस्थामा रहेका किसानहरूलाई हिउँ परेपछि खुशी लागेको छ भने तल्लो भेगमा निरन्तर वर्षा भइरहेको छ।

माथिल्लो हुम्लाको सिमकोट र नाम्खा क्षेत्रमा अहिले भारी हिमपात भइरहेको छ। हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। विशेष गरी नाम्खा गाउँपालिका र हिल्सा जाने मुख्य सडक पूर्णरुपमा बन्द भएको छ।

किसानहरूका अनुसार, लामो समयसम्म वर्षा नहुँदा खेतबारीमा समस्या भएको थियो, तर अहिलेको हिमपातले भविष्यमा फसल राम्रो हुने आशा जगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *