काठमाडौं, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी अब केवल वैकल्पिक राजनीतिक शक्तिमा सीमित नरही देशको नेतृत्व गर्ने क्षमतावान शक्ति बन्ने दिशामा अघि बढेको बताएका छन्।
जिल्ला अधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले पार्टीभित्र धैर्य, त्याग र समर्पणको भावना आवश्यक रहेको उल्लेख गरे। उनले अधिवेशनलाई नेतृत्व चयनको प्रक्रिया मात्र नभई लोकतान्त्रिक अभ्यास, विधि र राजनीतिक संस्कार मजबुत बनाउने अवसरका रूपमा व्याख्या गरे।
लामिछानेले पद र अवसरको अपेक्षाभन्दा संगठनको हितलाई प्राथमिकता दिन आग्रह गर्दै पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, संवाद र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्ने बताए।
रास्वपाले पहिलो महाधिवेशनको तयारीस्वरूप विभिन्न जिल्लामा अधिवेशन सञ्चालन गरिरहेको छ। सभापति लामिछानेका अनुसार पार्टीलाई थप समावेशी, फराकिलो र जनमुखी बनाउँदै आगामी दिनमा राष्ट्रिय नेतृत्वको विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्