काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन् ।
लिङ्देनले बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको टिप्पणी छ । उनले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया