संसदमा राजसंस्थाको आवाज उठिरहेको लिङ्देनका दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाण्डौँ । राजेन्द्र लिङ्देनले संसदमा राजसंस्थाको एजेण्डा उठिरहेको श्रेय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिएका छन् ।

तनहुँमा आयोजित कार्यक्रममा उनले राप्रपा राजाको होइन, राजसंस्था मान्नेहरूको पार्टी भएको स्पष्ट पारे । राजसंस्था कुनै पार्टीभन्दा माथि रहने भन्दै राप्रपालाई “राजाको दल” भनेर गरिने प्रचार गलत भएको उनको भनाइ थियो ।

लिङ्देनले निर्वाचनमा सहभागी हुनु आवश्यक रहेको बताउँदै, त्यसकै कारण संसदमा राजसंस्थाको आवाज उठिरहेको दाबी गरे । साथै, पार्टीभित्र अनुशासनहीन गतिविधि बढेपछि कारबाही प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *