सहरी सम्मेलनमा सहभागी हुन कार्यवाहक प्रमुख डङ्गोल इजरायलतर्फ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको टोली म्युनिसिपल कन्फरेन्समा सहभागी हुन इजरायल प्रस्थान गरेको छ ।

डङ्गोलसँगै महानगरका प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि सम्मेलनमा सहभागी हुनेछन् ।

तेल अभिभमा हुने सम्मेलनमा विश्वका विभिन्न सहरका प्रतिनिधिहरूले सहरी विकास, प्रविधि र स्थानीय शासनका सफल अभ्यासबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *