|
२०८३ असार ७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि ४ हजार २११ जना प्रतिनिधि चयन गरेको जनाएको छ।
पार्टीका अनुसार सात प्रदेश, प्रवास, समायोजन र मनोनयन प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको हो। ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना तथा अन्य विभिन्न प्रक्रियाबाट थप प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनमा कोशी, मधेस, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व रहनेछ। पार्टीका विभिन्न तहका पदाधिकारी, विभागीय सदस्य, आयोगका प्रतिनिधि तथा स्थानीय तहबाट चयन भएका प्रतिनिधिहरू पनि सहभागी हुने बताइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्