चितवनमा रास्वपाको पहिलो महाधिवेशन, रवि र बालेनले सम्बोधन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा सुरु हुने भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

बालेन महाधिवेशनमा सहभागी नहुने चर्चा चलिरहेका बेला पार्टी सचिवालयले उनी उद्घाटन समारोहमा उपस्थित भई आफ्नो धारणा राख्ने जनाएको छ। महाधिवेशनबाट बालेनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइने तयारी समेत गरिएको छ।

पार्टी नेतृत्वका अधिकांश पदमा सहमतिको प्रयास भइरहेका कारण सीमित पदमा मात्र निर्वाचन हुन सक्ने अनुमान गरिएको छ। आयोजकका अनुसार महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ भने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *