|
२०८३ असार २
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको तयारी तथा केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
पार्टीका अनुसार असार ४ गते दिउँसो १२:३० बजे बस्ने बैठकले महाधिवेशनसम्बन्धी महत्वपूर्ण विषयमा छलफल गर्नेछ। त्यसपछि असार ५ र ६ गते केन्द्रीय समिति बैठक आयोजना गरिने कार्यक्रम छ।
हालै पार्टीका केही वरिष्ठ नेतासहित १८६ जना सदस्यले पार्टी छाडेपछि राप्रपाले पहिलो पटक कार्यसम्पादन समिति बैठक गर्न लागेको हो। बैठकबाट महाधिवेशनको मिति निर्धारण हुने अपेक्षा गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्