मनसुन कार्ययोजना बनाउन १८ सदस्यीय कार्यदल गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाण्डौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ निर्माण सुरु गरेको छ ।

सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन गरिएको छ, जसमा संघीय मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।

उपसचिव शान्ति महतका अनुसार सबै सरोकारवाला निकायलाई योजनाबद्ध रूपमा परिचालन गर्ने लक्ष्य राखिएको छ । सुझाव संकलनका लागि एक हप्ताको समय दिइएको छ भने त्यसपछि कार्यदल बैठक बस्नेछ ।

प्राधिकरणले यसपटक समयमै योजना तयार गरी प्रभावकारी कार्यान्वयन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *