|
२०८३ असार ४
काठमाडौं, असार ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी साता चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनसम्बन्धी मापदण्ड निर्धारण गरेको छ।
पार्टीले समावेशी र व्यवस्थित सहभागिता सुनिश्चित गर्न प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहका विभिन्न पदाधिकारी तथा सदस्यलाई प्रतिनिधित्व गराउने व्यवस्था गरेको जनाएको छ। जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबाट सभापतिसहित तीन जनासम्म प्रतिनिधि सहभागी हुन पाउनेछन् भने महिला प्रतिनिधि नहुँदा दुई जनामात्र सहभागी हुन सक्ने प्रावधान राखिएको छ।
त्यस्तै, अधिवेशन सम्पन्न नभएका वा खारेज गरिएका संरचनाका हकमा सीमित प्रतिनिधित्वको व्यवस्था गरिएको छ। रास्वपाले महाधिवेशनलाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउन यी मापदण्ड लागू गरिएको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्