बीपी राजमार्ग शनिबारसम्म सञ्चालनमा ल्याउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २३

काठमाडौँ  । दसैंको मुखमै बाढी र पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्ग शनिबारसम्म अस्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सडक डिभिजन भक्तपुरले चौकीडाँडा खण्डदेखि डाइभर्सन निर्माण कार्य तीव्र बनाएको जनाएको छ।

हाल १६–१७ उपकरण प्रयोग गरी मर्मत जारी छ। कटुञ्जेबेसी, कालढुंगा लगायत स्थानमा मर्मत सकिएको छ भने अन्य क्षेत्रमा काम भइरहेको छ।

२९.५ किलोमिटर सडक पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का लागिसकेको छ। एक खण्ड जापानी संस्था जाइका बनाउनेछ भने साढे २ किलोमिटर सडकको ठेक्का प्रक्रिया बाँकी छ।

गत वर्ष बनाइएको अस्थायी डाइभर्सन बग्दा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *