४० हजार घुससहित नायव सुब्बा कण्डेल पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३१

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले सुब्बालाई नियन्त्रणमा लिएको हो । कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए ।

पक्राउ परेका कण्डेलको साथबाट घुसवापतको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ। आयोगले उनलाई शनिवार नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *