रौतहटमा एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १७

काठमाण्डौँ । रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लव कुमार सिंहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने काम गरेवापत उनले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरी र प्राप्त सूचनाका आधारमा खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार उनलाई आज दिउँसो रौतहटको गौर नगरपालिका वडा नं १ स्थित जिल्ला अदालत परिसरबाटै पक्राउ गरिएको हो ।

पक्राउ पर्दा उनको साथबाट घुसवापतको उक्त नगद र एउटा मोबाइल फोन बरामद गरिएको छ । पक्राउ परेका सिंहमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *