|
२०८३ जेष्ठ २९
काठमाडौँ, जेठ २९ — राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १२ को परीक्षाफल असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भइसकेको छ भने नतिजा प्रकाशनका लागि आवश्यक तथ्यांक रुजु तथा अन्तिम प्रक्रिया जारी छ। प्रवक्ता जयन्ती सत्याल ले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन्।
गत वैशाखमा सञ्चालन भएको परीक्षामा करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्