बाढीपछि पुनः चल्यो दिक्तेल–भोजपुर सडक यातायात

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

खोटाङ, जेठ २४ — पङ्खुखोलामा आएको बाढीका कारण अवरुद्ध बनेको दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा आएको छ। सडक खुलाएसँगै दिक्तेल–भोजपुर हुँदै आवतजावत गर्ने सवारीसाधन नियमित रूपमा चल्न थालेका छन्।

जेठ २२ गतेको वर्षापछि आएको बाढीले सडकको करिब २५ मिटर भागमा क्षति पुर्‍याएको थियो। स्थानीय तह, सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा अवरुद्ध सडक खुलाइएको हो।

सडक सञ्चालनमा आएपछि बस, जिप तथा मोटरसाइकलको आवागमन सहज बनेको छ। यद्यपि पङ्खुखोलामा निर्माणाधीन पुल अझै सम्पन्न नभएकाले वर्षायाममा यातायात प्रभावित हुने जोखिम कायम रहेको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *