काठमाण्डौँ । नवौं मेयर भोजपुर गोल्डकप आगामी बैशाख ६ गतेबाट सुरु हुने भएको छ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा भोजपुर नगरपालिका वडा नम्वर ७, कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ।
प्रतियोगितामा सातदोबाटो युथ क्लब ललितपुर, डिफेन्डिङ च्याम्पियन एपीएफ काठमाडौं, प्लानिङ बोइज युनाइटेड, एलएक्सी सिटी मोरङ, संखुवासभा–११, केपीलासगढी गाउँपालिका खोटाङ, दो गोर्खा फुटबल एकाडेमी उदयपुर र भोजपुर जिल्ला फुटबल संघको सहभागिता रहने छ।
प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्तालगायत विभिन्न विधामा समेत व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।
आठौं संस्करणमा एपीएफले सातौं संस्करणको विजेता चर्च बोइज युनाइटेडलाई ४–० ले हराउँदै उपाधि जितेको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्