बाढीपछि त्रिशूलीका प्रभावित क्षेत्रमा टेलिकम सेवा फर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

काठमाडौं । बाढीका कारण अवरुद्ध बनेको नेपाल टेलिकमको मोबाइल सेवा नुवाकोटका त्रिशूली–३ ‘ए’ र तुप्चे क्षेत्रमा पुनः सञ्चालनमा आएको छ। नेटवर्क सेवा फर्किएसँगै जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धार कार्यमा सञ्चार सम्पर्क सहज भएको छ।

त्रिशूली–३ ‘ए’ को टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन साइटसम्म पुर्‍याएर प्राविधिक परीक्षणपछि सेवा सुचारु गरिएको टेलिकमले जनाएको छ। सामग्री ढुवानीमा आफ्नै सवारीसाधनसँगै भरियाको समेत प्रयोग गरिएको थियो।

यस्तै, तुप्चेमा रहेको बिटिएस टावरमा आवश्यक उपकरण र प्राविधिक टोली हेलिकोप्टरमार्फत पुर्‍याइएको थियो। टावर सञ्चालनमा आएपछि त्रिशूली–३ ‘बी’ आयोजना क्षेत्र, बेत्रावती र कालिकास्थानका केही भागमा समेत नेटवर्क पुनः जोडिएको छ।

विपद्का कारण प्रभावित अन्य क्षेत्रमा पनि सञ्चार सेवा नियमित बनाउने काम भइरहेको टेलिकमले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *